कोहलपुर दम्पती मृत्यु प्रकरण : आफ्नै दाईले सुपारीदिई भाईबुहारीको हत्या गरेको खुल्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

कोहलपुर दम्पती मृत्यु प्रकरण : आफ्नै दाईले सुपारीदिई भाईबुहारीको हत्या गरेको खुल्यो

सदिन्प शर्मा
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतीपुरमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका २५ बर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीय अञ्जली गडरियाको हत्या कृष्णका दाजु बिजयकुमार गडरियाले गरेको खुलेको छ । घटनाबारे जानाकारीपाय लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले मृत अवस्थामा भेटीएका कृष्ण र उनको श्रीमती अञ्जलीको शव र घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

प्रहरीले अञ्जलीको शव कोठाभित्र र कृष्णको शव कोठाबाट निस्कनेवित्तिकैको प्यसेजमा फेलापारेको थियो । घटना स्थलमा कृष्णको नारी काटेका कारण निकै रगत बगेको देखिन्थ्योे भने भित्रपट्टि अञ्जलीको घाँटीमा पासो लगाएजस्तो सानो डोरी प्रहरीले भेटाएको थियो । घटनापछि पनि उनीहरुको ढोका खुलै अवस्था रहेको थियो । अञ्जलीको घाँटीमा पासो लगाएजस्तो सानो डोरी भेटीए पनि त्यहाँ त्यत्रो डोरीले झुन्डिने कतै ठाउँ नदेखिए पछि प्रहरीले हत्या भएको अनुमान लगाई सुक्ष्मरुपमा अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले घटना स्थलमा तालिम प्राप्त कुकुरको समेत परिचालन गरेको थियो ।

केही समय अगाडि कृष्णका बुवा र आमा बोलबमका लागि भारतमा गएका थिए भने घटना घट्दा घरमाका कृष्ण–अञ्जली, उनका दाजुभाउजू र भदैनी रहेका थिए । घटना स्थलमा पुगेको प्रहरी टोलिले मृतका दाजु बिजयकुमार गडरियालाई प्रारम्भिक सोधपुछ गर्दा आफू राति ११ बजे घर आएको र गर्मीका कारण आफ्नो परिवार छतमा सुतेको बताएका थिए । मृतका दाजु रातको ११ बजे घरमा आएको र आफुहरु छतमा सुतेको र केही पनि थाहा नपाएको बताए पछि प्रहरीले उनको दाजुलाई अनुसन्धानको घेरामा राखेको थियो । प्रहरी अनुसन्धानका क्रममा शुरुमा बिजय कुमारले केही थाहा नभएको बताए पनि पछि आफुले योजना बनाई सुपारी रकम दिएर हत्या गर्न लगाएको सुईकार गरेका छन् ।

यस्तो छ घटनाको कारण
केही महिना अगाडी अञ्जलीले उनका श्रीमान कृष्ण र ससुराबुवा धिरन गडरियालाई उस्कार आफूलाई घरायसी बिषयलाई लिएर कुटपिट गर्न लगाएको र सोही बिषयमा रिसिबी लिई आफूले सुपारी दिएर हत्या गर्न लगाएको बिजयले प्रहरीलाई बयान दिएका छन् । उनले १८ दिन अगाडि नै अञ्जलीलाई मार्नका लागि सुपारी रकम दिएको र सोमबार राती बोलाई अञ्जलीलाई मार्ने क्रममा भाई कृष्णलाई पनि मारेको भनि सुईकार गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । बिजयले सुपारी दिएको भनेपनि सुपारी लिई मार्ने व्यक्तिहरुको बारेमा अनुसन्धान भै रहेको छ । अहिले उनीहरलाई प्रहरीले खोजी कार्य गरीरहेको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);