हत्यारा पक्राउ गर्न मद्दत गर्नेलाई ३५ मिलियन अमेरिकी डलर प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

हत्यारा पक्राउ गर्न मद्दत गर्नेलाई ३५ मिलियन अमेरिकी डलर प्रस्ताव

एजेन्सी । एक रहस्यमय हत्याका दोशीलाई पक्राउ गर्न ३५ मिलियन अमेरिकी डलर प्रस्ताव गरिएको छ ।

पाँच वर्षअघि क्यानडाका एक अर्बपति दम्पती स्विमिङ पुलमा मृत भेटिएका थिए । घटना भएको पाँच वर्ष बित्दापनि हत्यारा पत्ता नलागेपछि मृतकको परिवारले यस्तो प्रस्ताव गरेको हो । उनीहरूको परिवारले उनीहरूको हत्यारालाई पक्राउ गर्न मद्दत गर्न ३५ मिलियन प्रस्ताव गरेको हो ।

क्यानडाका अर्बपति ब्यारी र हनी शर्मनको मृत्यु सुरुदेखि नै रहस्यमै छ। सन् २०१७ डिसेम्बर १५ मा यो दम्पती घाँटीमा बेल्ट बाँधेर ‘इनडोर पुल’ को रेलिङमा बसिएरहेको प्रहरीले बताएको छ ।

उनीहरुको हत्या हुँदा ब्यारी शर्मन ७५ वर्षका थिए भने उनकी श्रीमती हनी ७० वर्षकी थिइन् । प्रहरीले गरेको अनुसन्धानका अनुसार करिब दुई दिनमा उनीहरूका कुनै पनि साथी वा व्यापारिक सहयोगीले हत्या हुन सक्ने कुनै संकेत देखेका थिएनन् ।

क्यानाडाको जेनेरिक ड्रग कम्पनी एपोटेक्सका संस्थापक ब्यारी र उनीकी पत्नीको मृत्युलाई प्रहरीले संदिग्ध भनेको थियो । यद्दपी अहिलेसम्म यस घटनाको हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैनन् ।

यस हप्ताको हत्याको वार्षिकोत्सवमा, छोराले गिरफ्तारीको जानकारीको लागि थप २५ मिलियन डलर प्रस्ताव गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);