चोरीपैठारीको लत्ताकपडा तथा मोवाईल सेट बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

चोरीपैठारीको लत्ताकपडा तथा मोवाईल सेट बरामद

धनुषा धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित तरहीबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरील बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त तीन वटै मोटरसाईकल समेत बरामद गरेको छ ।

बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुझुहवाबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ८९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडमी कम्पनीको १७ थान मोवाईल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ गणेशपुर ईलाकाबाट बरामद गरेको हो । बरामद मोवाईल सेट भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);