चोरीपैठारीको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

चोरीपैठारीको सामान बरामद

काठमाडौं ।  मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयाबाट एपीएफ टोलीले करीव सात लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको  छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।  बरामद लत्ताकपडा भन्सार कार्यालय रानीमा बुझाईएको छ ।       

त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपारासीबाट खटिएको एपीएफ टोलीले कार्तिक २ गते करीव पाँच लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लेडिज कपडा समेत बरामद गरेको छ ।        भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४१७ र लु २ ख २२६९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त बसभित्र बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको दुई हजार सात सय ५७ पिस लेडिज कपडा एपीएफ टोलीले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० पितौजीबाट बरामद गरेको हो । बरामद कपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);