झापामा सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

झापामा सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद

latta kapada baramad

झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका ४ डाँगीबारी सीमा ईलाकाबाट साउन २४ गते सशस्त्र प्रहरीले करिब ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय झापामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले साउन २४ गते करीव ४ लाख ३८ हजार रुपैयाँ बराबको चोरपैठारीको किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ज ९ प ७६५९ नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट बरामद गरेको हो । बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ७० हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);