बर्दियामा करिब २९ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

बर्दियामा करिब २९ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ

बर्दिया । साउन २४ गते । बर्दियामा ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ परेको छ । करीब २९ ग्राम लागूऔषध ब्राउन सुगर सहित दुई जना बर्दियाका छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले दुइ जनालाई खानतलासी गर्दा लागूऔषध ब्राउन सुगर फेला पारेको हो । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ बस्ने २५ बर्षिय अरिव खान पठान र बाँके जिल्ला खजुरा गाउँपालिका वडा नं १ बस्ने २२ वर्षीय सुमित सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए ।

पठानलाई गुलरिया नगरपालिका वडा नं ११ गणेशपुरमा निर्माणाधिन घरको कोठाबाट र सुनारलाई सिमा पारी भारतबाट आउँदै गर्दा बढैयाताल गाउँपालिका जमुनिबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक ईश्वर कार्कीले भने ।

प्रहरी टोलीले पक्राउ परेका पठानबाट २४ ग्राम ४२० मिलिग्राम र सुनारबाट ४ ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामत गरिएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);