लागूऔषध चरेस सहित ४ जनालाई प्रहरीले पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

लागूऔषध चरेस सहित ४ जनालाई प्रहरीले पक्राउ

दाङ। बुटवलमा साढे २८ किलो लागूऔषध चरेस सहित २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाग्लुङ बढिगाँउ गाउँपालिका ८ बस्ने ३६ वर्षीय रोहित राना र सोही ठाउँका ६३ वर्षीय जीवन पुन रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार साँझ करिब सवा ६ बजेतिर बुटवल उपमहानगरपालिका ११ देबिनगर स्थित नमस्ते पथ केएफसी पिज्जा हबमा चरेसको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समुह (आरआइटी) टोलीले २८.५ किलो लागू औषध चरेस सहित उनीहरुलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।

साथै प्रहरीले लु २५ प ६५४४ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकामा माथि थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

यता दाङमा प्रहरीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने २९ वर्षीय राकेश बस्नेत र सोही ठाउँका २७ वर्षीय अंकित रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बस्नेतले आफ्नै घरकोठामा अवैध लागूऔषध ब्राउन सुगर कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रकाबाट गएको शुक्रबार दिउसो साढे ४ बजेतिर उनी सुत्ने कोठा बाट लागूऔषध ब्राउन सुगर २ ग्राम १७० मिलिग्राम र नगद ९ हजार ८ सय समेत फेला पारि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । बस्नेत र उनी सँगै रहेका रावतलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार