सशस्त्रद्वारा २३ किलो लागूपदार्थ सहित एक महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सशस्त्रद्वारा २३ किलो लागूपदार्थ सहित एक महिला पक्राउ

बर्दिया, ५ कार्तिक । सिमा सुरक्षाका लागि खटिएकाे सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो लागूपदार्थ सहित आज बुधबार एक महिलालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेको छन भने १ महिला सहित २ पुरूष फरार रहेकेा सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सुरजपुरका प्रहरि उपरीक्षक नरबहादुर रावतले जानकारी दिनु भयाे ।

बर्दियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर अन्तर्गतकाे सिमा सुरक्षा चेकपाेष्ट कट्टीकाे टाेलिले २३ किलो ५ सय ग्राम चरेस पक्राउ गरेकाे शसस्त्र प्रहरी उपरीक्षक रावतले बताउनुभयो ।

सहायक प्रहरि निरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएकाे टाेलिले नेपाल भारत सिमानामा पर्ने गुलरिया नगरपालिका वडा नं १ बाट लागुपदार्थ सहित पक्राउ गरेकाे रावतले जानकारी दिनुभयो ।

स्थानिय बुद्धि दमाईको घरमा चरेस लुकाएकाे जानकारीका आधारमा छापा मार्दा रुकुमको बाफिकोट गाउँपालिका ८ डुले बस्ने वर्ष ३८ की निर्मला बाठा मगर बाट ५.५ किलो अफिम र त्यस आसपासमा गरिएको खोजतलाशबाट १३ किलो अफिम र ५ किलो चरेश बरामद भएको हो ।

बरामद गरिएको लागूऔषध को बजार मूल्य १ करोड ४९ लाख बढी रहेको शसस्त्र प्रहरीले जनाएको छ।

निर्मलाको साथबाट सशस्त्र प्रहरीले गुलरिया १ सानोश्री ठेगाना उल्लेख भएको ४० वर्षीय बाल कुमारी बि क को र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दान बहादुर मल्लको नागरिकता प्राप्त भएको छ । उनीबाट मोबाइल ३ थान, ब्याकअप समेत बरामद भएको शसस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिनु भयो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);