सुरक्षा निकायको टोलीद्वारा सीमा नाकाको निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुरक्षा निकायको टोलीद्वारा सीमा नाकाको निरीक्षण

sima nirikshan

वीरगञ्ज, ३० भदौ । पर्सा जिल्लाको सीमा नाकामा सुरक्षा निकायको टोलीद्वारा नाकाको निरीक्षण गरिएको छ । सशस्त्र प्रहरी बल प्रदेश २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्ण भक्त ब्रह्मचार्य सहितको सुरक्षा निकायको टोलीले क्षेत्र नं १ रभारतसंग सिमा जोडिएको पर्साको विभिन्न सिमा नाकाको निरीक्षण गरेका हुन ‌।

सुरक्षा निकायको टोलीद्वारा वीरगञ्जको मुख्य भन्सार नाका मितेरी पुलको जर्जर अवस्थाको अवलोकन तथा इनर्वा, बलिरामपुर, छपकैया, लगाएतका नाकामा पुगेर अवस्था बारे अवलोकन गरेका थिए । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले सिमा सिल गरेपनी खुला सिमाको कारण भारतबाट नेपाल तर्फ मानिसको आवात जावत तथा अवैध चोरी पैठारीलाई नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरु निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा पर्साका सांसद लक्षमणलाल कर्ण, प्रदिप यादव, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला समन्वय समितीका सभापति नेक महमद अंसारी, सशस्त्र प्रहरी उपरीक्षक राजेंद्र खडका लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);