अमेरिकामा एक महिनामा दुई आप्रवासी वालकको मृत्यु, सबै बालबालिकाको स्वास्थ्य परीक्षण गर्न भन्सार तथा सीमा सुरक्षा निकायको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अमेरिकामा एक महिनामा दुई आप्रवासी वालकको मृत्यु, सबै बालबालिकाको स्वास्थ्य परीक्षण गर्न भन्सार तथा सीमा सुरक्षा निकायको निर्देशन

death

काठमाडौं, १२ पुस । अमेरिकाको हिरासतमा रहेका एकजना ८ वर्षका आप्रवासी बालकको ज्यान गएको छ । प्रहरी हिरासतमा निधन भएका ८ वर्षीय वालकको न्यायका लागि अमेरिकामा प्रदर्शन समेत भएको छ । यो महिना अमेरिकी थुनामा बच्चाको मृत्यु भएको यो दोस्रो घटना हो ।

मेक्सिकोबाट प्रवेश गर्ने क्रममा अभिभावकसँगै पक्राउ गरिएका ग्वाटेमालाका एक बालकको अमेरिकी हिरासतमा मृत्यु भएको छ । अमेरिकाको जेलमा मृत्यु भएका बालकलाई मेक्सिकोसँग जोडिएको सीमाबाट अमेरिका प्रवेश गरेकी उनलाई अवैध आप्रवासी रहेको भन्दै अमेरिकी सरकारी संयन्त्रले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

बालकको हिरासतमै रहेका बेला निधन भएको अमेरिकाको आप्रवासन सम्बन्धी कार्यालयका अधिकारीले बताएका छन् । मध्य अमेरिकी देशहरुबाट अमेरिका प्रवेश गर्नका लागि आएका क्यारावान आप्रवासी मेक्सिकोको सीमा हुँदै अमेरिका पुगेका हुन् ।

अमेरिकी अधिकारीले मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गरेकाहरुलाई पक्राउ गर्ने गरेका छन् । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) का अनुसार ८ वर्षीय बालक फिलिप अलोन्जो गोमेजको मृत्यु भएको हो । ग्वाटेमाला सरकारले बालकको मृत्युबारे विस्तृत अध्ययन गर्न अमेरिकी सरकारसमक्ष आग्रह गरेको छ । बच्चाको मृत्यु भएपछि सामाजिक सञ्जालमा अमेरिकी अधिकारीको चर्को आलोचना भएको छ । टेक्सासका कंग्रेस सदस्य जोआक्विन कास्त्रोले बालक मृत्युबारे संसदले छानबिन गर्नुपर्ने माग गरेका छन ।

त्यस्तै न्यु मेक्सिकोका सिनेटर मार्टिन हेनरिकले पनि ट्वीटमा घटनाबारे तत्काल जानकारी दिइनुपर्ने र ट्रम्प प्रशासनलाई बच्चाको मृत्युप्रति जवाफदेही बनाउनै पर्ने पनि उल्लेख गरेका छन  । राष्ट्रसंघका लागि आप्रवासीको मानवअधिकारसम्बन्धी विशेष यापोर्टर फिलिप गोन्जालेजले घटनाबारे अनुसन्धान गर्न अमेरिकी अधिकारीहरूलाई आग्रह गरेका छन ।गत डिसेम्बरमा हिरासतमै मृत्यु भएकी अर्की ७ वर्षीया बालिका जेकेलिन कालको मंगलबार नै अन्त्येष्टि गरिएको छ ।

उनको शव आइतबार ग्वाटेमाला ल्याइएको थियो । यसैबीच, सीबीपीले हिरासतमा रहेका सबै बालबालिकाको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ । सीबीपीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाका लागि अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको जनाएको छ । मेक्सिकोवाट अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरुलाई लक्षित यस्तो प्रवेश रोक्न अमेरिकाले सिमा क्षेत्रमा सुरक्षा मजवुद वनाउदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त आफू राष्ट्रपतिमा निर्वाचित हुदाँ आप्रवासीको आगमन रोक्ने मेक्सिकोको सिमा क्षेत्रमा पर्खाल लगाउने घोषणानै गरेका थिए, भलै उनको यो योजना भने सफल हुन सकेन । अमेरिकाले अवैध आप्रवासीहरु रोक्ने ठूलै पहल थालेपनि सफल हुन सकेको देखिदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);