लिबियामा आप्रवासी चढेको ढुंगा दुर्घटना, ५७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लिबियामा आप्रवासी चढेको ढुंगा दुर्घटना, ५७ जनाको मृत्यु

एजेन्सी । लिबियामा डुंगा दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको छ ।

लिबियाको पश्चिम तटीय क्षेत्र खुम्सबाट आप्रवासी बोकेर हिडेको डुंगा दुर्घटना भएको हो । क्षमताभन्दा बढी यात्रुका रहेको बताइएको उक्त ढुंगा दुर्घटनामा मृत्यु हुने ५७ जनामध्ये २० महिला र २ बालबालिका रहेको बताइएको छ ।

दुर्घटना लगत्तै आठ जनाको भने सकुशल उद्दार गरिएको छ । डुंगाका कति यात्रु सवार थिए भन्नेबारेमा अुनसन्धान भइरहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा बाँचेकाहरु नाइजेरिया, घाना र गाम्बियाका नागरिक रहेको बताइएको छ ।

लिबियामा गत हप्ता पनि भएको डुंगा दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एमनेष्टी इन्टरनेशनलले पछिल्लो ६ महिनामा सात हजार भन्दा बढी आप्रवासीलाई गैरकानुनी रुपमा सीमा पार गर्न खोजेको आरोपमा हिरासतमा लिइएको दावी गरेको छ ।

सन् २०११ को विद्रोहपछि मुहम्मद गद्दाफीको सत्ताच्यूत भएसँगै युरोप प्रवेशका लागि लिबिया महत्वपूर्ण ट्रान्जिट बन्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);