लिबियामा डुंगा दुर्घटना हुँदा सय जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

लिबियामा डुंगा दुर्घटना हुँदा सय जनाको मृत्यु

libya imigrants

एजेन्सी, २७ भदौ । लिबियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु भएको छ । लिबिया वाट इटली जाँदै गरेका उनीहरु भूमध्य सागरको बीचमा पुगेपछि रबरको डुंगामा हाम फालेका थिए ।

अवैधानिक रुपमा इटली प्रवेश गर्न रबरको डुंगामा चढेर जाँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । आप्रवासीहरुलाई इटली प्रवेशमा रोक लगाइपछि उनीहरु अवैधानिक रुपमा प्रवेश गर्न खोज्दै गर्दा दुर्घटना भएको हो ।

लिबियावाट उनिहरु दुईवटा रबरको डुंगामा उनीहरु बाहिर निस्किएका थिए । तीमध्ये एउटा डुंगा डुबेको हो । दुर्घटनाबाट बचेका २ सय ७६ जनालाई लिबियाली शहर खोम्स लगिएको छ । तर कतिपयले भने यी मानिसहरुलाई मनोमानी ढंगले हिरासतमा लिइएको जनाएका छन् ।

अन्तराष्ट्रिय प्रवासी संगठनका अनुसार यस वर्ष भूमध्य सागर पार गर्न खोज्ने १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);