अफगानिस्तानमा निर्वाचन भाँड्न आतंकवादीको आक्रमण तीब्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अफगानिस्तानमा निर्वाचन भाँड्न आतंकवादीको आक्रमण तीब्र

सुरक्षा फौजको कारबाहीमा ८८ जना लडाकुको मृत्यु :

एजेन्सी, २७ भदौ । अफगानिस्तानमा आगामी २० अक्टोबरमा संसदीय र जिल्ला परिषदको निर्वाचनको तयारी भइरहँदा चुवान भाड्न विद्रोही र आतंकवादीहरुले आक्रमण तीब्र पारेका छन् ।

आतंकबादी र बिद्रोहीले आक्रमण तीब्र पारेपछि अफगान सुरक्षा फौजले कारबाही सुरु गरेको छ । सुरक्षा कारबाहीमा ४ सुरक्षाकर्मी सहित ८८ जनाको मृत्यु भएको छ ।

विद्रोहीहरु चुनाव भाँड्न हिंसामा ओर्लेका छन् । दिन विराएर हुने हिंसात्क घट्नामा बृद्धि भएपछि अफगानी नागरिकमा डर, भय र त्रास बढ्दै गएको छ । पछिल्लो हिंसात्मक घटनामा ६८ जनाको मृत्यु भएको छ भने १ सय ६५ जना घाइते भएका छन् ।

सो घटना पुर्वी नंगाहार प्रान्तमा शान्तिपूर्ण प्रदर्शनकारी र विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी गराइएको संचारमाध्यमहरुले जनाएका छन् । घाइते मध्ये ११ जनाको अवस्था गम्भिर रहेको छ । सन् २००१ मा अफगान युद्ध सुरु भए यता अफगानिस्तानमा जारी हिंसाले सर्वसाधरणको दैनिकी असहज भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);