अफगानिस्तानमा अमेरिकी सेनाको हवाई आक्रमण, एकै परिवारका १३ को मृत्यु, १५ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, १६ भदौ । पूर्वी अफगानिस्तानमा अमेरिकी सेनाको हवाई आक्रमणमा परि एकै परिवारका १३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

 

अमेरिकी सेनाले हवाई कारबाही भने पनि मारिएका एकै परिवार १३ जनामा प्राय महिला र बालबालिका रहेको एएफपीले जनाएको छ । अमेरिकी सुरक्षा बलले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

 

काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको हवाई आक्रमणमा एक दर्जन भन्दा बढी आतंककारी मारिएको अफगान अधिकारीले दाबी गरेका छन्।

 

अफगानिस्तानमा यस वर्षको सुरुदेखि अहिलेसम्म भएका द्वन्द्वसँग सम्बन्धित हिंसामा एक हजार ६ सय ६२ व्यक्तिको मृत्यु भैसकेको छ भने तीन हजार ५ सय घाइते भएका छन् । यो संख्या गत वर्षको तुलनामाा २० प्रतिशतले बढी हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);