दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः एकै परिवारका नौ सदस्यको मृत्यु, सामूहिक अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः एकै परिवारका नौ सदस्यको मृत्यु, सामूहिक अन्त्येष्टि

दक्षिण लेबनानको साक्साकिया शहरमा इजरायलले गरेको हवाई आक्रमणमा परी एकै परिवारका नौ सदस्यको मृत्यु भएको छ । स्थानीय नागरिक रक्षा टोली र प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली सेनाले एक आवासीय भवनलाई लक्षित गरी सो आक्रमण गरेको हो । उक्त भवनमा दक्षिण लेबनानकै जेबचिटबाट विस्थापित भएका तीनवटा परिवारले आश्रय लिइरहेका थिए । आक्रमणका कारण भवन पूर्ण रूपमा ध्वस्त भएको छ भने वरपरका क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् भने केही अझै हराइरहेको बताइएको छ । मारिएका आफन्तको शोकमा डुबेका स्थानीयले मृतकहरूको सम्मानमा प्रार्थना गरेका थिए । नागरिक रक्षा टोलीले शवहरूलाई अन्त्येष्टिका लागि तयार पार्दै गर्दा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न बारम्बार आग्रह गरे पनि दक्षिण लेबनानका विभिन्न शहरहरूमा इजरायली आक्रमण जारी छ । सीमा क्षेत्रमा बढ्दो तनावका बीच भएका यी आक्रमणहरूले मानवीय संकट थप गहिरो बनाएको छ । लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रकाअनुसार गत मार्च २ देखि मे १० सम्मको अवधिमा इजरायली आक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ८ सय ४६ पुगेको छ भने ८ हजार ६ सय ९३ जना घाइते भएका छन् ।

Leave a Reply

ताजा समाचार