इजरायलद्धारा गाजामा रहेको शरणार्थी शिविरमाथि हवाई हमला,७० भन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इजरायलद्धारा गाजामा रहेको शरणार्थी शिविरमाथि हवाई हमला,७० भन्दा बढीको मृत्यु

एजेन्सी,९ पुस । इजरायल र हमास युद्धको बीचमा गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले दावी गरेको छ कि इजरायलले आइतबार राति अबेर राती शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो र कम्तिमा ७० जनाको मृत्यु भएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले अल–मगाजी नरसंहारमा हालसम्म ७० जनाको ज्यान गएको बताए। इजरायली सेनाले शरणार्थी शिविर र धेरै घरहरूमा हवाई आक्रमण गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले भने कि आक्रमणले एक आवासीय ब्लक ध्वस्त पारेको छ। उनले आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए ।

इजरायलले उत्तरी गाजाको जबलिया शिविरमा रहेको एउटा घरलाई निशाना बनाएको मन्त्रालयले जनाएको छ । यस आक्रमणमा एकै परिवारका १० जनाको मृत्यु भएको छ । इजरायल–हमास युद्धले गाजाका केही भागलाई ध्वस्त पारेको छ । हालसम्म २० हजार ४ सय प्यालेस्टाइनी मारिएका छन् भने लाखौं मानिस विस्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);