इजरायली सैन्य कारबाहीपछि धेरै बन्धकहरू बेपत्ता भएको हमासको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

इजरायली सैन्य कारबाहीपछि धेरै बन्धकहरू बेपत्ता भएको हमासको दाबी

एजेन्सी, १९ कात्तिक । इजरायल र हमासबीच चलिरहेको युद्धको क्रममा हमासको सैन्य शाखाले इजरायली बन्धकहरुको सम्बन्धमा ठूलो दाबी गरेको छ । हमासको सैन्य शाखाले इजरायली हवाई आक्रमणका कारण ६० भन्दा बढी बन्धक बेपत्ता भएको बताएको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासको सैन्य शाखाले शनिबार गाजामा इजरायली हवाई आक्रमणका कारण ६० भन्दा बढी बन्धक बेपत्ता भएको बताएको छ । अल–कसाम ब्रिगेडका प्रवक्ता अबु उबैदाले हमासको टेलिग्राम खातामा बेपत्ता ६० इजरायली बन्धकमध्ये २३ जनाको शव भग्नावशेषमा फसेको बताए।

अल–कसाम ब्रिगेडका प्रवक्ताले गाजा विरुद्ध इजरायली सेनाको कारबाहीका कारण हामी ती शवहरूसम्म पुग्न सक्ने छैनौं। प्रवक्ताले इजरायली हवाई हमलाका कारण ६० भन्दा बढी बन्धक बेपत्ता भएको बताए । अक्टोबर ७ को हमलापछि पक्राउ परेका २३९ जनामध्ये हमासले चार सर्वसाधारणलाई रिहा गरेको छ ।

प्यालेस्टिनी समाचार एजेन्सीले गाजा शरणार्थी शिविरमा इजरायली बमबारीमा ५१ व्यक्तिहरू, जसमा धेरैजसो बालबालिका र महिलाहरू मारिएका थिए भनेको छ । यसैबीच गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको कारबाहीमा हालसम्म ९ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएको दाबी गरेको

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);