गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २१ हजार ८२२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २१ हजार ८२२ पुग्यो

एजेन्सी,१७ पुस । गाजा पट्टीमा इजरायली हमलाका कारण प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या बढेर २१ हजार ८२२ पुगेको छ । साथै ५६ हजार ४५१ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले इजरायली सेनाले विगत २४ घण्टामा १५० जनाको ज्यान लिनुका साथै २८६ जना घाइते भएको बताउनु भयो ।

यसैबीच पूर्व एन्डोमेन्ट्स र धार्मिक मामिलामन्त्री र अल–अक्सा मस्जिदका प्रचारक युसेफ सलामा मध्य गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा रहेको उनको घरमा इजरायली हवाई हमलामा मारिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);