इजरायली आक्रमणबाट गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३० हजार ९६० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

इजरायली आक्रमणबाट गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३० हजार ९६० पुग्यो

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ९६० पुगेको छ ।

साथै ७२ हजार ५२४ अन्य घाइते भएका छन् । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८२ प्यालेस्टाइनीको हत्या गरेको छ भने १२२ जना घाइते भएका छन् ।

शुक्रवार रातिदेखि गाजापट्टीका धेरै क्षेत्रहरूलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दर्जनौं प्यालेस्टाइनीहरू मारिएका छन् ।

जसमध्ये अधिकांश बालबालिका र महिलाहरू मारिएका छन् । दक्षिणी गाजा पट्टीका खान युनिस र रफाह शहरहरूमा भएका धेरै घरहरूलाई निशाना बनाएर गरिएको हवाई आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);