बाइडेन युद्धग्रस्त इजरायल भ्रमणको लागि प्रस्थान गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

बाइडेन युद्धग्रस्त इजरायल भ्रमणको लागि प्रस्थान गर्दै

रोयटर्स, १ कात्तिक । इजरायल–हमास युद्धका बीच अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल भ्रमणका लागि प्रस्थान गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति जो बाइडेन मेरिल्याण्डको जोइन्ट बेस एन्ड्रयूज एयरपोर्टबाट इजरायल प्रस्थान गरेका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा अस्पतालमा भएको आक्रमणको निन्दा गरेका थिए । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै जो बाइडेनले गाजा अस्पतालमा भएको आक्रमणमा मारिएकाहरूप्रति समवेदना व्यक्त गरेका थिए । उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल भ्रमणका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन् । तर, राष्ट्रपति बाइडेन पनि जोर्डन जाने तयारीमा थिए तर गाजा अस्पतालमा भएको आक्रमणका कारण उनी जोर्डन जाने छैनन् ।

जोर्डनका विदेशमन्त्री अयमान सफादीले अमेरिकी राष्ट्रपति जो बाइडेनले जोर्डनका राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बाससँगको भेट रद्द गरिएको बताए ।
हमासले इजरायलले गाजाको अस्पतालमा हवाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली हवाई आक्रमणमा ५०० भन्दा बढीको मृत्यु भएको थियो । हमासले गाजाको अल–अहली अस्पतालमा हवाई आक्रमण गर्दा सयौं मानिस शरण लिएको दाबी गरेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);