२०२४ को अमेरिकी चुनावमा फेरि बाइडेन–कमला जोडी, दुवैले गरे घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

२०२४ को अमेरिकी चुनावमा फेरि बाइडेन–कमला जोडी, दुवैले गरे घोषणा

एजेन्सी, १३ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय मूलकी उपराष्ट्रपति कमला ह्यारिसले पनि २०२४ को चुनावमा प्रतिस्पर्धा गर्नेछन् । दुबैले मंगलबार यो घोषणा गरेका हुन् ।
८० वर्षीय बाइडेनले ३ मिनेटको भिडियो सार्वजनिक गर्दै राष्ट्रपति र कमला ह्यारिसले उपराष्ट्रपतिको उम्मेदवारी घोषणा गरेका हुन् ।

भिडियोमा बाइडेनले भनेका छन्,‘चार वर्षअघि चुनाव लडेको बेला मैले अमेरिकाको आत्मा बचाउन लडिरहेका छौं भनेको थिए । अहिले पनि उस्तै छ । त्यसैले म फेरि चुनाव लड्छु ।’

बाइडेनको ३ मिनेटको भिडियो २०२० मा ट्रम्प समर्थकहरूले ह्वाइट हाउसमा हमला गरेपछि सुरु हुन्छ । यसपछि उनले आफ्नो भाषण सुरु गर्छन् । बाइडेनले आफ्नो भिडियोमा ट्रम्पका समर्थकहरूलाई चरमपन्थीको रूपमा वर्णन गरे।

बाइडेनले भने, ’राष्ट्रपति बनेको पहिलो वर्षमै मैले अमेरिकाको लोकतन्त्र र स्वतन्त्रतालाई मागा चरमपन्थीहरूबाट बचाएँ।’ बाइडेनले ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानलाई म्यागा भनेका छन् ।
बाइडेनले भिडियोमा एक पटक पनि ट्रम्पको नाम लिएनन्, तर भिडियोमा क्यापिटल हिल आक्रमण पछिको उनको तस्वीर देखाइएको छ।

क्यापिटल हिल आक्रमणको अतिरिक्त, बाइडेनले गर्भपतन अधिकार र फ्लोरिडामा रिपब्लिकन पार्टीका पुस्तकहरूमा प्रतिबन्धको पनि आलोचना गरेका छन्। बाइडेनले भिडियोमा भनेका छन्,‘अमेरिकाको हरेक पुस्ताले यस्तो चुनौतीको सामना गरेको छ, जसमा उनीहरूले आफ्नो स्वतन्त्रताको लागि लड्नु आवश्यक थियो।’

२०२० को राष्ट्रपतिको चुनाव अघि पनि, बाइडेनले अप्रिल २५ मा आफ्नो उम्मेदवारीको घोषणा पनि यस्तै तरिकाले गरेका थिए। सोही क्रममा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै बाइडेनले भनेका थिए, ‘मैले पहिले नै भनिसकेको छु कि म फेरि चुनाव लड्ने सोचमा छु । छिट्टै घोषणा गर्नेछु ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);