ट्रम्प असक्षम नेता रहेको उपराष्ट्रपति बाइडेन र ह्यारिसले आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

ट्रम्प असक्षम नेता रहेको उपराष्ट्रपति बाइडेन र ह्यारिसले आरोप

एजेन्सी, २९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असक्षम नेता रहेको आगामी राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार रहेका जो बाइडेन तथा उपराष्ट्रपति उम्मेदवारका रुपमा चुनेकी सिनेटर कमला ह्यारिसले आरोप लगाउनुभएको छ ।

उपराष्ट्रपति उम्मेदवारका रुपमा सिनेटर ह्यारिस चुनेसँगै चुनावी अभियानमा सामेल हाँहरुले राष्ट्रपति ट्रम्पमाथि यस्तो टिप्पणी गुर्नभएको हो । ट्रम्प असक्षम नेता रहेको र उहाँले अमेरिकालाई धुजाधुजा पारेको आरोप बाइडेन र ह्यारिसको छ । बाइडेनले कोरोना भाइरस महामारी नियन्त्रणका लागि ट्रम्पले व्यवस्थापन गर्न नसकेको आरोप समेत लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

यता राष्ट्रपति ट्रम्पले ह्यारिसको आक्रमणको प्रतिउत्तर दिँदै उनी आफू राष्ट्रपति उम्मेदवार बन्ने होडबाट ढुंगा जसरी तल खसेको प्रतिकृया दिनुभएको छ । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्नुहुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);