भारतीय पूर्व राष्ट्रपति मुखर्जी कोमामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतीय पूर्व राष्ट्रपति मुखर्जी कोमामा

एजेन्सी , २९ साउन । कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखेर उपचार थालीएको छ । नयाँ दिल्लीस्थित उहाँको उपचार भइरहेको छ । आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले पूर्वराष्ट्रपति मुखर्जीलाई कोमामा राखिएको जानकारी दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

अस्पतालले उहाँको अवस्था स्थिर रहेको जनाएको छ । गत सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिनुभएका उहाँको मस्तिष्कको शल्यक्रियासमेत गरिएको थियो ।

८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिँदै एक साता यता आफ्ना सम्पर्कमा आएकाहरुलाई परीक्षण र आइसोलेशनमा रहन आग्रह गर्नुभएको थियो ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति हुनुहुन्थ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);