भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

एजेन्सी, ११ असाेज । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको आइतबार निधन भएको छ । ६ वर्षदेखि कोमामा रहनुभएका सिंहको ८२ वर्षको उमेरमा आइतबार नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिंह ६ वर्षअघि बाथरुममा लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना हुनुभएको थियो । उहाँ त्यही बेलादेखि कोमामा रहनुभएको थियो । भारतीय जनता पार्टी बीजेपीका संस्थापक सदस्य समेत रहनुभएका सिंहले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा विदेश, रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । सिंह राजनीतिमा आउनुअघि भारतीय सेनाका मेजर हुनुहुन्थ्यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै पूर्वमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सिंह सन् २००४ देखि २००९ सम्म भारतको माथिल्लो सदन राज्यसभामा विपक्षी दलका नेता रहनुभएको थियो । त्यस्तै सन् २००९ मा उहाँ दार्जीलिङबाट भारतीय लोकसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सन् २०१४ को लोकसभा चुनावमा भने उहाँलाई भारतीय जनता पार्टीले टिकट नदिएपछि राजस्थानको बारमेर–जैसलमेर क्षेत्रबाट स्वतन्त्र रुपमा चुनाव लडेर पराजित हुनुभएको थियो । लगत्तै सिंहलाई लाई बीजेपीले पार्टीबाट निष्कासित गरेको थियो । त्यसपछि उहाँको बीजेपीसंग नाता टुटेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);