भारतका दिवंगत पूर्वसेना प्रमुख जनरल रावतको सम्झनामा मुक्तिनाथमा घण्टा चढाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भारतका दिवंगत पूर्वसेना प्रमुख जनरल रावतको सम्झनामा मुक्तिनाथमा घण्टा चढाइयो

काठमाडौं, ७ फागुन । नेपाल भ्रमणमा रहेका भारतका ४ पूर्व सेना प्रमुखहरुले आइतबार मुक्तिनाथ पुगेर दिवंगत जनरल विपिन रावतको सम्झनामा मुक्तिनाथमा घण्टा चढाएका छन् । मुक्तिनाथको दर्शनसँगै मन्दिर नजिकै घण्टा चढाइएको हो ।

घण्टा चढाउँदा भारतका पूर्व सेना प्रमुखहरु जनरल वश्वनाथ शर्मा, जनरल जोगिन्दर जसवन्त सिंह, जनरल दिपक कपूर र जनरल दलवीर सिंह सुहागका अलावा नेपालका पूर्व सेना प्रमुखहरु जनरल प्रज्ववल शमशेर राणा, प्यारजंग थापा र पूर्णचन्द्र थापा पनि सहभागी थिए ।

सैनिक प्रवक्ता बिग्रडिएर जनरल कृष्ण प्रसाद भण्डारीले मुक्तिनाथ दर्शन गर्न भारतका पूर्व सेनापतिहरुका अलावा नेपालका पूर्वसेनापतिहरु पनि सहभागी भएको जानकारी दिए । त्यहाँ घण्टा चढाइएको समेत बताए ।

जनरल विपिन रावतको मुक्तिनाथ जाने इच्छा पूरा नहुँदै हेलिकोप्टर दुर्घटनामा गत वर्ष निधन भएको थियो । सेना प्रमुखबाट सेवानिवृत्त भएपछि जनरल रावत चिफ अफ डिफेन्स स्टाफ्स थिए ।

मुक्तिनाथ नेपालको उत्तरी जिल्ला मुस्ताङमा अवस्थित छ । चीनसँगको सीमा नजिक यो क्षेत्र सामरिक दृष्टिले महत्वपूर्ण मानिन्छ । मुक्तिनाथ हिन्दू र बौद्ध दुवै धर्मालम्बीहरुको पवित्र तीर्थस्थलका रुपमा प्रशिद्ध मानिन्छ ।

यसैगरी, भारत र नेपालका पूर्व सेनापतिहरु नेपाली सेनाले आयोजना गरेको आर्मी कन्क्लेभ्समा सहभागी भए । भण्डारीका अनुसार भारतका पूर्व सेना प्रमुखहरुलाई नेपाली सेनाको पूर्व मानार्थ महारथीका रुपमा आमी कन्क्लेभ्समा सहभागिताका लागि निम्तो गरिएको हो ।

नेपाली सेना र भारतीय सेनाबीच घनिष्ट सैन्य सम्बन्ध छ । दुवै देशका सेनाप्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्परा रहँदै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);