पाकिस्तानमा नयाँ सेनाप्रमुख, सेना राजनीतिमा संलग्न भएको निवर्तमान प्रमुखले स्वीकारे | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

पाकिस्तानमा नयाँ सेनाप्रमुख, सेना राजनीतिमा संलग्न भएको निवर्तमान प्रमुखले स्वीकारे

इस्लामाबाद।  पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बिहीबार लेफ्टिनेन्ट जनरल असिम मुनीरलाई देशको शक्तिशाली सेनाको नयाँ प्रमुखको रूपमा नियुक्त गरेका छन् । सूचना मन्त्रीले एक ट्वीटमा उक्त जानकारी दिएका हुन् ।
नयाँ प्रमुखले निवर्तमान जनरल कमर जावेद बाजवाबाट पदभार ग्रहण गर्नेछन् । बाजवा  छ वर्षको कार्यकालपछि यसै महिनाको अन्त्यमा अवकाश लिँदै छन् ।

यसअघि बाजवाले पाकिस्तानी सेना राजनीतिमा संलग्न भएको स्वीकारेका थिए । सेनाले ‘राजनीतिमा हस्तक्षेप’लाई रोक्ने निर्णय गरेको पनि उनले बताएका थिए ।

Leave a Reply

ताजा समाचार