पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पूर्वक्रिकेटर इमरान खान चयन हुने निश्चित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पूर्वक्रिकेटर इमरान खान चयन हुने निश्चित

एजेन्सी, ११ साउन । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पूर्वक्रिकेटर एवं तहरीक ए इन्साफ (पीटीआई) का नेता इमरान खान चयन हुने निश्चित भएको छ ।

तीन दिनअघि सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार खानको दल पीटीआईले कम्तिमा १२० स्थानमा चुनाव जित्ने देखिएको छ । खान नेतृत्वको पिटीआई संसद्को कुल २७२ स्थानका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । बहुमत प्राप्त गर्न १३७ स्थानमा जित्नुपर्ने हुन्छ । झन्डै १० करोड ६० लाख मतदाता रहेको पाकिस्तानमा ५० देखि ५५ प्रतिशत मतदान भएको आकलन गरिएको एएफपीले जनाएको छ ।

खानले आफल्नो पार्टी विजयी भएको र जनमत अनुसारको सरकार गठन गर्ने बताएका छन् । तर, विपक्षी दलहरुले भने निर्वाचनमा धाँधली भएकाले निश्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । पैँसट्ठी वर्षीय इमरान खानले सन् १९९२ मा पाकिस्तानी क्रिकेट टोलीको नेतृत्व गर्दै विश्वकप जिताएका थिए । त्यसको चार वर्षपछि सन् १९९६ मा खान सक्रिय राजनीतिमा प्रवेश गरे ।

तर राजनीतिमा स्थापित हुन भने उनले धेरै संघर्ष गर्नुपर्यो। आफ्नो पुरानो सेलेब्रिटी छवि त्यागेका खान अहिले आफूलाई धार्मिक, जनप्रिय र विपन्नताविरोधी सुधारकका रूपमा चिनाउने गरेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);