इरान र अमेरिकाबीच लगातार तनाव बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इरान र अमेरिकाबीच लगातार तनाव बढ्दै

एजेन्सी, ११ साउन । इरान र अमेरिकाबीच तनाव लगातार बढिरहेको छ । इरानको विशेष सेनाका एक कमाण्डरले अमेरिकाले इरानमाथि आक्रमण गरे उसले सबैथोक गुमाउनुपर्ने धम्की दिएका छन् ।

इरानी न्यूज एजेन्जीका अनुसार मेजर जनरल कासिम सुलेमानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध शुरु गरेमा इस्लामिक रिपब्लिकनले उक्त युद्ध समाप्त पार्ने धम्की दिए ।

सुलेमानीको भनाइ लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत जवाफ दिँदै अमेरिकालाई डर देखाउने प्रयास नगर्न चेतावनी दिए । सन् २०१५ मा अमेरिका इरानसँगको परमाणु सम्झौताबाट बाहिरिएपछि दुई देशबीच तनाव बढेको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);