बाढीका कारण म्यानमारमा १६ हजार मानिस विस्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बाढीका कारण म्यानमारमा १६ हजार मानिस विस्थापित

myanmar flood

एजेन्सी , १२ साउन । लगातारको वर्षापछि आएको बाढीका कारण म्यानमारका विभिन्न प्रान्तहरुमा कम्तिमा १६ हजार मानिस विस्थापित भएका छन् । बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले राहत तथा सहयोग उपलब्ध गराइरहेका छन् ।

अत्याधिक वर्षापछि आएको बाढीले कारेन र मोन प्रदेश तथा बागो क्षेत्र डुवानमा परेको स्थानीय प्रहरी अधिकारीहरूले बताएका छन् । हपा अन क्षेत्रबाट मात्रै करिब ६ हजार विस्थापित भएका छन् । यस्तै म्यावाडीबाट ४ हजार विस्थापित भएको कारेन प्रदेशका प्रहरी प्रमुख कि लिनले बताए ।

थाइल्यान्डसँगको सिमा क्षेत्रमा पर्ने अरु ठाउँहरूमा पनि बाढीको प्रभाव परेको समाचारमा जनाइएको छ । म्यानमारको समाजकल्याण मन्त्रालयले झण्डै १६ हजार जना विस्थापित भएको जनाएको छ ।

करेना प्रदेशको आठ ठाउँका बासिन्दा बढी प्रभावित भएको प्रहरी अधिकारीहरूको भनाई छ । मोन प्रदेश र बागो क्षेत्रका बाढी प्रभावितहरुको तथ्यांक संकलनको काम भैरहेकाले प्रभावितको संख्या अझै बढ्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);