चीनको हेनान प्रान्तमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या २५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चीनको हेनान प्रान्तमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या २५ पुग्यो

एजेन्सी । चीनमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ भने दर्जनौं वेपत्ता भएका छन् ।

मध्य चीनको हेनान प्रान्तमा जुलाई १६ देखि अहिलेसम्म देशका ८९ क्षेत्र, जिल्ला र सहर बाढीबाट प्रभावित भएका विवरण सार्वजनिक गरिएको हो ।

बाढी पहिरोका कारण भूमिगत रेलवे सेवा प्रभावित भएको छ । सो क्षेत्रमा जङ्गो नगरमा एउटा रेलमार्गमा बाढीका कारण यात्रुहरु अलपत्र परेका थिए । तीव्र गतिमा आएको बाढीले विभिन्न स्थानमा मानिस र गाडीहरु बगाएको थियो ।

१० करोड भन्दा बढी जनसंख्या भएको सो प्रान्तमा २ लाख भन्दा बढी बाढी प्रभावितको उद्दार गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । प्राकृतिक प्रकोपले ७५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको बताइएको छ । बाढीका कारण दर्जनौ सडकमा क्षति पुगेको छ भने निजी तथा सरकारी संरचनाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

चीनको केन्द्रीय सरकार र हनान प्रान्त सरकारले प्रकोप उद्दारका लागि जनशक्ति परिचालन गरेको जनाएको छ । जनमुिक्त सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायलाई प्रभावितहरुको उद्दारका लागि परिचालन गरिएको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);