सुडानमा तीन महिने देशव्यापी संकटकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सुडानमा तीन महिने देशव्यापी संकटकाल घोषणा

एजेन्सी,२१ भदाै । सुडानमा वर्षा र बाढीका कारण ९९ जनाकोे मृत्यु भएपछि तीन महिनाको लागि संकटकालको घोषणा गरिएको छ । सुडानी गृहमन्त्रालयले विज्ञप्ति जारी गरी तीन महिने संकटकाल घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सुडानमा प्राकृतिक प्रकोपका कारण ९९ नागरिकको मृत्यु भएको र अन्य कैयौँ वेपत्ता बनेको अवस्थामा तीन महिनाको लागि देशव्यापी संकटकाल घोषणा गरिएको विज्ञप्तीमा उल्लेख छ ।

एक महिनाभन्दा बढी निरन्तर रूपमा भारी वर्षाका कारण आएको बाढीले दर्जनौँ व्यक्तिको मृत्यु भएको र बाढी, डुवान तथा पहिरोका कारण सयौँ घाइते भएको जनाईएको छ । एक लाखभन्दा बढी घर तथा टहरामा क्षति पुर्याएको उक्त बाढी एक दशक यताकै सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप भएको बताइएको छ ।

ब्लु नाइल क्षेत्रमा एक शताब्दी यताकै उच्च वर्षा भएको र यसका कारण सुडानका नदी किनारमा रहेका हजारौँ मानिस विस्थापित भएका छन् । यो बर्ष सुडानमा बाढीका कारण तीन लाख ८० हजारभन्दा बढी प्रभावित भइसकेको राष्ट्रसंघको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);