हिमपात र भीषण वर्षाले २५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हिमपात र भीषण वर्षाले २५ जनाको मृत्यु

pakisthan icefall dead

एजेन्सी, २९ पुस ।  पाकिस्तानमा हिमपात र भीषण वर्षाका कारण २५ जनाको मृत्यु, खराब मौसमका कारण सडक र हवाई मार्ग पनि प्रभावित भएको ।

खराब मौसमका कारण सडक र हवाई मार्ग पनि प्रभावित भएका छन् भने क्वेटामा निरन्तरको हिमपातले कच्ची घर भत्किएका छन् । क्वेटा अस्पतालले घाइते भएका दर्जनौं बालबालिका अस्पतालमा भर्ना भएको जनाएको छ ।

पाकिस्तानी मौसम विज्ञान विभागले २० वर्षयताकै भीषण हिमपात भएको जानकारी दिएको छ। बलुचिस्तानका सात जिल्लामा भीषण वर्षा र हिमपात भएपछि संकटकाल घोषणा गरिएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण पीडीएमएले मस्तूङ, किला अब्दुल्ला, केच, जियारत, हरनई र पिशिन जिल्लामा संकटकाल लगाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);