मुसर्रफलाई मृत्युदण्ड दिने अदालतको फैसला गैरकानुनी भन्दै रद्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मुसर्रफलाई मृत्युदण्ड दिने अदालतको फैसला गैरकानुनी भन्दै रद्द

एजेन्सी, २८ पुस । पाकिस्तानको लाहोर उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष अदालतको फैसला गैरकानुनी भन्दै रद्द गरेको छ ।

लाहोर उच्च अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै विशेष अदालतको फैसला गैरकानुनी भन्दै रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उच्च अदालतको फैसलामा विशेष अदालतको सबै कारबाही रद्द गरिएको छ । एडिसनल अटर्न जनरल इस्तियाक ए. खानका अनुसार यो फैसलापछि मुसर्रफलाई सुनाइएको सजाय निस्प्रभावि हुनेछ ।

गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो । उच्च अदालतको फैसलामा विशेष अदालतले कानुनी प्रक्रियाहरु पूरा नगरेको जनाएको छ ।

धारा ६ मा गरिएको १८ औं संशोधनअनुसार यस्तो सजाय दिन नसकिने अदालतको ठहर छ । अभियुक्तको अनुपस्थितिमा उसको बहस गर्नु गैरइस्लामी, गैरकानुनी र असम्वैधानिक भएको उच्च अदालतले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);