परवेज मुशर्रफद्वारा मृत्युदण्डको सजाय बिरुद्ध उच्च अदालतमा निवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

परवेज मुशर्रफद्वारा मृत्युदण्डको सजाय बिरुद्ध उच्च अदालतमा निवेदन

एजेन्सी, ११ पुस । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानको विषेश अदालतबाट दिएको मृत्यदण्डको सजाय बिरुद्ध उच्च अदालतमा निवेदन दिएका छन् ।

पाकिस्तानको अदालतले गत डिसेम्बर १७ मा मुशर्रफलाई मृत्युदण्डको सजायँ सुनाएको थियो । अदालतको फैसला विरुद्ध मुशर्रफले ८६ पेज लामो निवेदन उच्च अदालतमा पेश गरेका हुन् ।

उक्त निवेदनमाथि आगामी जनवरी ९ तारिखदेखि सुनुवाइ हुने छ । अदालतमा प्रस्तुत् गरिएको याचिकामा मुसर्रफले विशेष अदालतबाट भएको फैसलाले धार्मिक, सामाजिक र संवैधानिक दायरा नाघेको उल्लेख गरेको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् । यता पाकिस्तानी सेनाले भने मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसलाप्रति आपत्ति जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);