आईएसद्वारा ११ इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

आईएसद्वारा ११ इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या

isis ghati reti hatya

एजेन्सी , १२ पुस । विद्रोही संगठन इस्लामिक स्टेट आईएसले एक भिडियो सार्वजनिक गरेर नाइजेरियामा ११ जनाको हत्या गरेको दाबी गरेको छ । शुक्रबार एक भिडियो सार्वजनिक गर्दै आईएसले सबै इसाई धर्मावलम्बी रहेको र उनीहरुको हत्या घाँटी रेटेर गरिएको दाबी गरेको हो ।

आईएसको समाचार संस्था अमाकले सार्वजनिक गरेको भिडियोमा केही व्यक्तिको घाँटी छिनाउँदै गरेको देखाइएको छ । मारिनेका बारेमा थप केही खुलाइएको छैन, तर उनीहरु सबै पुरुष रहेको बताइएको छ ।

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट अपहरण गरिएका ती व्यक्तिको हत्या गत अक्टोबरमा सिरियामा भएको आफ्ना सर्वोच्च नेता तथा प्रवक्ताको हत्याको बदला लिन गरिएको आइएसले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);