खरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रेटेर हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

खरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रेटेर हत्या

hatya

सप्तरी । सप्तरीकाे छिन्नमस्ता गाउँपालिका-१ बरहीकी एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ। स्थानीय ५० वर्षीया भुटानीदेवी यादवकाे सोमबार बिहान घाँटी रेटी हत्या गरिएकाे हो ।

बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले बताए । उनकाे कसले के कारणले हत्या गरेको भन्ने रहस्य खुल्न सकेको छैन।

तीन साता अगाडि मात्रै छिन्नमस्ता-६ को एक वृद्धको घाँटी रेटेर हत्या गरिएको थियोे । उनको अपराधी पत्ता लाग्न नपाउँदै पुनः सोही प्रकृतिको अर्को घटना दोहोरिएको स्थानीय कृष्णा मण्डलले बताए।

सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले विज्ञ टोली बोलाएर घटनाको अनुसन्धान भइरहेको बताए । यसअघि हत्या गरिएको वृद्धको घटना पनि अनुसन्धान क्रममा रहेको काफ्ले बताए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);