बारामा दुई बालकको घाँटी रेटी हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बारामा दुई बालकको घाँटी रेटी हत्या

श्याम गुप्ता,
बारा । बाराको कलैयामा दुई बालकको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

सोही वडा निवासी अब्दुल गफार अन्सारीका दुई जना छोरा करिब ५ वर्षीय अमन अन्सारी र करिब ८ वर्षीय उस्मान अन्सारीको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाइएको छ ।

घटनाबारे थाहा पाउना साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्राको टोली घटना स्थल पुगेको छ ।

स्थानीयहरुका अनुसार ती बालकहरुको शव मंगलबार बिहान मदर्शा टोलमा भेटिएको हो । सोमबार साँझ खेल्न भनेर घरबाट निस्किएका दुई बालक हिजो देखि नै सम्पर्कबिहिन भएका थिए ।

बारा प्रहरीले दुबै जना बालकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ , भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्राले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);