कोरोना संक्रमित गर्भवती उपमेयरको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कोरोना संक्रमित गर्भवती उपमेयरको निधन

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

बिराटनगर स्थित विराट मेडिकल कलेजमा १० दिन देखि उपचाररत चौधरीको मंगलबार बिहान निधन भएको हो । ३७ वर्षीय उपमेयर चौधरीको अवस्था गम्भीर हुँदै गएपछि गर्भमा रहेको बच्चा मृत अवस्थामा निकालिएको थियो । दुई साता अघि नै लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अवस्था गम्भीर भएसँगै आइ.सी.यु एवम् भेन्टिलेटरमा राखिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकहरुको भनाई छ । तत्कालीन नेकपाबाट स्थानीय निकायको चुनावमा उपमेयरमा निर्वाचित भएकी थिइन् । चौधरीका श्रीमान् र एक छोरा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);