कोरोना संक्रमणबाट वडाध्यक्ष चौधरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कोरोना संक्रमणबाट वडाध्यक्ष चौधरीको मृत्यु

दाङ । दाङमा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिकाका वडा नं. ३ का ६३ वर्षीय वडाध्यक्ष पूणर्बहादुर चौधरी हुन् । उनको बाँकेको कोहलपुरमा उपचारको क्रममा निधन भएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए ।

उनलाई एक साता अघि संक्रमण पुष्टि भएको थियो । उनको सोमबार बिहान निधन भएको हो । यसैबीच वडा अध्यक्ष चौधरीको निधनप्रति गाउँपालिकाले दुख व्यक्त गरेको छ ।

त्यस्तै तुलसीपुरमा पनि एक जनप्रतिनिधिको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्य केशरलाल चौधरीको आइतबार ११ बजे ४४ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समय देखि जण्डीस रोगबाट ग्रसित चौधरीको उपचारको क्रममा निधन भएको कार्यबाहक वडा अध्यक्ष बिनोद पाण्डेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);