कोरोनाबाट बागलुङकी एक बृद्धाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोनाबाट बागलुङकी एक बृद्धाको मृत्यु

death body

बागलुङ । कोरोना भाइरस (कोभिड १९)का कारण बागलुङ जिल्लाकी एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ११ रायडाँडाकी ६१ वर्षिया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक महिलामा गत बैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । विरामी भएर पोखरा उपचारको लागी गएकी उनको बुधवार निधन भएको खवर आएको बागलुङ नगरपालिका ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए ।

योसंगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २१९ पुगेको छ भने बागलुङ जिल्लामा १२ पुगेको छ । बागलुङ जिल्लामा अहिले ८४ जना सक्रिय संक्रमित छन् ।

मंगलबार मात्रै कोरोना विरुद्ध खोप लगाएका धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);