बाँकेमा आज रातिबाट थप एक साताका लागि लकडाउन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाँकेमा आज रातिबाट थप एक साताका लागि लकडाउन

बाँके । बाँकेमा सोमबार राति १२ बजेदेखि जेठ १० गते राति १२ बजे सम्म्का लागि लकडाउन गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नया भेरियन्ट सहितको कोभिड १९को संक्रमण तिव्र रुपमा बढीरहेको हुनाले संक्रमण फैलावटको साङ्लो तोडन र रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन एक साताका लागि पुनः लकडाउन थप गरिएको जिल्ला प्रशासन कार्यायलले जनाएको छ ।

नगर क्षेत्रमा व्यक्तीहरुलाई व्यवस्थापन गर्ने क्रममा मात्र केही सवारी साधन चलेको देखिएको र अन्य ठाउँहरुमा भने पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । साथै लकडाउनलाई प्रभावकारी बनाउनका लागि सुरक्षा संयन्त्रमा नेपाल प्रहरी , सशस्त्र प्रहरी, नेपाली सेनालाई परिचालन गरेको समेत बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);