पूर्वमन्त्री मिथिला चौधरीको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

पूर्वमन्त्री मिथिला चौधरीको निधन

सप्तरी।  पूर्वजनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन भएकाे छ । चाैधरीकाे शुक्रबार राति ५७ वर्षको उमेरमा निधन भएको हाे। क्यान्सरबाट पीडित चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकी छोरी रक्षा चौधरीले बताईन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । त्यसबेला चौधरी नेकपा (संयुक्त)को सांसद थिइन्। संविधान सभा २०७० को सभासद रहेकी चौधरी मन्त्री भएकै बेला नेकपा (संयुक्त) र नेकपा माओवादी केन्द्रबीच एकता भएको थियो।  देउवाले मन्त्रिपरिषद् पुर्नगठन गरी ६४ सदस्यीय बनाएका थिए।वि.सं. २०२२ साल चैत्र ७ गते धनुषा जिल्लाको जनकपुर नगरपालिका–८ मा जन्मेकी चौधरीको विवाह सप्तरीको राजविराज–५ निवासी अधिवक्ता तथा नेकपा संयुक्तका नेता मदनमोहन चौधरीसँग भएको थियो । उनको श्रीमान, एक छोरा र दुई छोरी छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);