जसपामा कुटपिटको घटनामा बढोत्तरी : केन्द्रीय कार्यालयमा तोडफोडदेखि मन्त्रालयमा नोकझोक सम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जसपामा कुटपिटको घटनामा बढोत्तरी : केन्द्रीय कार्यालयमा तोडफोडदेखि मन्त्रालयमा नोकझोक सम्म

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)मा एक महिनाका बीचमा चारवटा ‘हातपात’देखि ‘दुर्व्यवहार’का घटना भएका छन् । बिहीवार स्थानीय विकास मन्त्री राजेन्द्र श्रेष्ठलाई कार्यकक्षमा नै सोही पार्टीका सांसद रामबाबु यादवले गरेको ‘दुर्व्यवहार’को घटनादेखि एक महिनाका बीचमा चारवटा घटना भएका छन्।

‘मन्त्रीज्यूलाई मैले योजना दिएको थिएँ, किन पारिदिनु भएन भनेर त्यही विषयमा चर्काचर्की भएको हो, अरु केही भएको होइन,’ सांसद रामबाबु यादवले न्युज कारखानासँग भने । सांसद यादवले सो भने पनि मन्त्रालयमा ‘लफडाबाजी’ भएपछि मन्त्री श्रेष्ठले बारा–३ मा झोलुङ्गे पुल, साना सिँचाइ आयोजना र साना कल्भर्ट बनाउने प्रतिवद्धता जनाएका थिए।

‘तीन दिनभित्र मेरो मागअनुसारका आयोजनालाई समावेश गर्ने मन्त्रीज्यूले भन्नुभएको छ, हुन्छ कि हँुदैन ? म प्रतिक्षा गरिरहेको छु,’ यादवले भने । यो घटनासँगै जसपा नेपालमा यसअघि पनि तीनपटक ‘कुटपिट’सम्मका घटना भएका छन्। जसका बारेमा जसपा नेपालमा छानबिन भइरहेको नेताहरूले बताएका छन्।

गत २५ जेठमा अध्यक्ष उपेन्द्र यादव उपस्थित कार्यक्रममा सम्बोधन गर्दै गर्दा सबैला नगरका अध्यक्ष बैद्यनाथ रायलाई मुक्का प्रहार गरेका थिए । उनले केन्द्रीय सदस्य साधु रायले अन्तर्घात गरेको अभिव्यक्ति दिएलगतै साधुका समर्थकहरुले मुक्का प्रहार गरेका हुन् । सो क्रममा जितेन्द्र मुखिया, अबध किशोर यादव र सिकिन्दर सिंहलगायतलाई सामान्य चोट लागेको थियो।

स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा गत ११ वैशाखमा होटल राजदरबार, जनकपुरमा बसेको बैठकमा केन्द्रीय कार्यकारिणी सदस्य गजाधार रोहिता यादवलगायत घाइते भएका थिए । गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादवलाई टिकट नदिने बताए पछि उनका आक्रोशित समर्थकहरुले हातपात गर्दा १० जना घाइते भएका थिए।

सो बैठकमा भौतिक पूर्वाधार मन्त्री रेणु यादव र प्रदेशका आर्थिक मामिला तथा योजना मान्त्री शैलेन्द्र साहलगायतसमेत उपस्थित थिए । बैठकमा हातपात भएपछि मन्त्रीद्वय बाहिरिएका थिए । यसैबिच केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादव र उनका समूहले गत १५ जेठमा बालकुमारस्थित केन्द्रीय कार्यालयमा अर्का केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीमाथि हातपात गरेका थिए।

सो क्रममा केन्द्रीय कार्यालयका अधिकारीको कम्प्युटर र कुर्सी तोडफोड भएको थियो भने पुनः अधिकारीलाई सिरहामा सो समूहले आक्रामण गरेको थियो । ‘टिकट वितरणमा मनोमानी गरेका भन्दै राजकिशोर यादवलगायतको समूहले केन्द्रीय कार्यालय र सिरहा दुवैमा आक्रामण गरी तोडफोडसमेत गरेका थिए,’ एक केन्द्रीय सदस्यले भने । सो घटनाका बारेमा अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराएपछि सो बारेमा आन्तरिक छलफल भएको थियो।

सो बारेमा जानकारी लिन खोज्दा अधिकारीले भने, ‘सामान्य नोकझोक भइहाल्छ, यो धेरै ठुला कुरा होइन्।’ जानकारहरुका अनुसार अधिकारीले प्रहरी उजुरी गर्ने भनेर मनस्थिति बनाए पनि अध्यक्ष यादवका कारण रोकिँदै आएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);