विधान विपरीत महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरियो, कारबाही हुन्छः नेता रामबाबु यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विधान विपरीत महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरियो, कारबाही हुन्छः नेता रामबाबु यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षले पार्टीको विधान विपरीत राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिर्दै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरीत बनाइएको बताएका हुन् ।

उनले भने – ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’

सांसद यादवले ठाकुर–महतो पक्षले आफूहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि यादवको तर्क छ । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरी प्रचार गरिएको भन्दै उनले विधान विपरीत गर्नेलाई कारबाही गरिने पनि बताए ।

उनले भने – ‘विधान भन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ । कारबाही हुन बित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’

जसपा भित्र बाबुराम भट्टराई –उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबिच तीव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको संघारमा पुगेको छ ।

यो पनि पढ्नुहोस

महन्थ ठाकुर
जसपाको कार्यकारिणी समितिको बैठक नडाकिएको ठाकुरको दाबी
जसपामा यादव–भट्टराई पक्षले बोलायो कार्यकारिणी समितिको बैठक

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);