जसपामा यादव–भट्टराई पक्षले बोलायो कार्यकारिणी समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जसपामा यादव–भट्टराई पक्षले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव र डा.बावुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिको समसामयिक विषय, सत्तासमीकरणका लागि भएका गतिविधि, पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयनका विषयमा छलफलका लागि बैठक बोलाइएको बताइएको छ ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले शुक्रबार बैठक बोलाई नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । सो बैठकमा यादव पक्ष सहभागी भएका थिएनन् ।

जसपाको कार्यकारिणी समितिमा ५१ सदस्य छन् । जसपाका दुवै पक्षले आफूसँग बहुमत भएको दाबी गर्दै आएका छन् ।

देशमा विकसित राजनैतिक परिस्थितिसँगै जसपामा दुई धार स्पष्ट देखिएको छ । ठाकुर र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा देखिएको छ भने यादव र बावुराम भट्टराई विरोधमा उभिएका छन् ।

गएको बैशाख २७ गते प्रधानमन्त्रीले सदनबाट विश्वासको मत मागेको बेला ठाकुर–महतो पक्ष तटस्थ बसेको थियो भने यादव–भट्टराई पक्षले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए ।
त्यसैगरी ठाकुर पक्षले कांग्रेसको नेतृत्वमा बहुमतको सरकार गठनका लागि पनि साथ दिन अस्विकार गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);