जसपा नेपालको आधिकारिताबारे निर्णय गर्दै निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जसपा नेपालको आधिकारिताबारे निर्णय गर्दै निर्वाचन आयोग

काठमाडाैं । निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी जसपा नेपालको आधिकारिताबारे निर्णय गर्ने भएको छ ।

आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई नागरिकता सहित उपस्थित हुन भनेको छ । आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गरी पार्टी आधिकारितासम्बन्धी निर्णय गर्दै छ ।

निर्णयको सम्भावित परिदृश्य सँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै बैठक राखी रणनीति तय गर्नमा जुटेका छन् । यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको छ ।

संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईलगायतले प्रशिक्षण दिएका छन् । आइतबारको बैठक राति अवेरसम्म चलेकाले उनीहरूलाई रिसोर्टमै राखिएको र सोमबार पुनः बैठक बसी सिधै निर्वाचन आयोग लैजाने तयारी गरिएको छ ।

यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गरे पनि गोदावरीमा भने ३१ जना कार्यकारिणी सदस्य र सांसदको रुपमा २१ जनाको उपस्थिति रहेको जनाइएको छ । यता ठाकुर पक्षले पनि आइतबार नै आफ्नो पक्षको बैठक राखेको थियो ।

बैठकमा आयोगको सम्भावित निर्णय तथा त्यसपछिको रणनीतिबारे छलफल छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ ।

कमजोर देखिएको ठाकुर पक्षले सर्वोच्चमा हेडकाउन्ट रोक्न अन्तरिम आदेश माग गरेकोमा अस्वीकार भएको छ । यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरू सहमत नभएपछि आयोगले इजलासबाट निरूपण प्रकृया अघि बढाएको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई लिएर पार्टीको विवाद उत्कर्षमा पुगेपछि जसपाका अध्यक्ष यादवको समूहले पार्टीमा आधिकारिकता दाबी गरेको थियो। उसले आफूसँग बहुमत सदस्य रहेको दाबी गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);