जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि

२०८१,१०,२०

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार पनि जारी रहनेछ। आज हुुने बैठकमा बोल्न बाँकी सदस्यले ‘ब्रिफिङ’ गर्ने पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए। ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार शुरु भएको बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल भइरहेको छ। शनिबारको बैठकमा २३ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यले आफ्नो क्षेत्रबाट भएका कामको ब्रिफिङ गरेका गरेका थिए।

यस्तै पार्टी अध्यक्ष यादव उपेन्द्र यादवले देशको समसामयिक राजनीति र पार्टीको भावी रणनीति तय गर्दै बैठक सक्ने तयारी रहेको प्रवक्ता सुमनले जानकारी दिए।

Leave a Reply