जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएका छन् । निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई प्रदान गरेको हो । आयोगले आजको गरेको कार्यकारिणी सदस्यको हेड काउन्टबाट यस्तो निर्णय गरेको हो ।

५१ सदस्यीय कार्यकारिणी समितिको हेड काउन्टमा यादव पक्षमा ३४ सदस्य, ठाकुर पक्षमा १६ र एक जना तटस्थ रहेका हुन् । रेशम चौधरी तटस्थ रहेका हुन् । ३४ कार्यकारिणीको हस्ताक्षर सहित यादव पक्षले आधिकारिकता प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा सहितको ५ सदस्यीय इजलास गठन गरेको इजलासले यसतो निर्णय गरेको हो ।

आयोगले ठाकुर पक्षलाई भने नयाँ दल गठन गर्न आदेश दिएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई गएको चैतमा विश्वासको मत दिने क्रममा सतहमा आएको जसपाको विवाद आज निर्वाचन आयोगमा आएर मात्रै टुंगिएको हो । ठाकुर पक्षले ओलीलाई विश्वासको मत दिएका थिए भने यादव पक्षले विपक्षी गठबन्धनसँग मिलेर उनको विपक्षमा मत दिएका थिए ।

त्यसपछि दुबै पक्षले छुट्टाछुट्टै बैठक बस्न थालेका थिए । विवाद उत्कर्षमा पुगेपछि दुबै पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवदेन दर्ता गराएका थिए ।

आयोगले दुबै पक्षलाई मेलमिलापको लागि आयोगमा बोलाउँदा दुबै पक्षले छुटिएर जाने निर्णय गरेका थिए । सोपछि आयोगले ५ सदस्यीय इजलास गठन गरेको थियो । इजलासले नै आज जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्णय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);