कोरोना र बाढी पीडितका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सांसदहरुको सरकारसँग माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना र बाढी पीडितका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सांसदहरुको सरकारसँग माग

काठमाडाैं । प्रतिनिधिसभाका सांसदहरुले कोरोना र बाढी, पहिरो पीडितहरुका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबारको बैठकका कोरोना र बाढी, पहिरो पीडितहरु भोकभोकै मर्ने अवस्था आएको भन्दै सांसदहरुले आवश्यक गाँस र बासको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन् ।

समितिकी अर्का सदस्य एवम् काँग्रेस सांसद हिरा गुरुङले बालिकाहरुमाथि बलात्कार पछि हत्या गर्ने क्रम बढिरहेकोमा आक्रोस व्यक्त गर्दै पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

बैठकमा सांसदहरुले छाउपडी प्रथा, बोक्सी, दाईजो जस्ता सामाजिक विकृति अन्त्य गर्न सामाजिक अभियाननैै चलाएर अघि बढन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);