मेलम्चीका बाढीपीडितिलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्न राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मेलम्चीका बाढीपीडितिलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेटगरी राप्रपाका अध्यक्ष पशुपति शमशेर राणासहितका नेताहरुले बाढीबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गरेका हुन् । बाढीबाट ठूलो दुःख र पीडा भोगेर बसेका त्यहाँका स्थानीयलाई सुरक्षित बासको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराइएको अध्यक्ष राणाले जानकारी दिए ।

राप्रपाले बाढीबाट ज्यान गुमाएका र वेपत्ता भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । त्यसैगरी बाढीले बगाएको स्थानीय पुल, सडक, विद्युत, खानेपानीलगायतका स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराइएको छ ।

राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध गरेको छ । अध्यक्ष राणाले सरकारले बाढीग्रस्त क्षेत्रका नागरिकलाई छिट्टै उचित राहतको व्यवस्था गर्ने विश्वास समेत व्यक्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);